जीन्दगीका इन्द्रेणी रंग घोलेर
जब तिमी मुस्कान फुलाउनेछौ
त्यो मुस्कान गाढा हुनेछ यो मनको केन्द्रमा
संतुष्टीको वर्षादले रुझेका ती चक्क्षु
दु .......र देश सम्म मेरो पिछा गर्नेछ
हर्षविभोर हुनेछन्
आनन्दले खुल्नेछन
यी पर...............देशी मन
हो
मेहन्दीको रंग भन्दा गाढा बस्नेछ माथिङ्गलमा
मीठो नशाले लट्ठ हुनेछ तन ।
आत्मीयताको घुम्टो ओडाएर
तातो उष्ण मरुभुमीको वायु
पानी पानी हुदा,
जीवन भोग्न बाँकी छ र ? यस्तै लाग्नेछ
मायाको कम्पन ,पराकम्पन महशुस हुनेछन्
हृदय केन्द्रबिन्दु बनाएर
साउने बाछिटाले रुझाउनेछ तन मन !
हृदयमा कोरिएका प्रेमिल नाम
बिन्ती मेहन्दीले बाहिर नपोत
यो दुनियाँ स्वार्थी छ
लगाउनेछ गिद्दे आँखा
अमर पिरतिमा
धमिलिन सक्छ मन
शंकाको वर्षातले बगाउन सक्छ आत्मीयता
पहिरो जान सक्छ प्रेमिल वस्तिमा
हरियो मन हुनेले हरियो चुरा
बाहुमा बजाए नि नबजाए नि
संगीत गुञ्जिनेछन य......हाँ सम्म ।
त्यसैले
भित्री मन
संतुष्टीको आभाले लपक्क हुनु,
प्रेमको वर्षाले रुझ्नु
तर
नसजाउनु तन
नदेखाउनु दुनियाँलाई ।
उ हेर त ,
क्षितिजमा म च्याउदैछु !
कस्तो लजाएकी तिमी ?
© निराजन प्रभात लुइँटेल
Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts
Subscribe to:
Posts (Atom)



