Home » » गजल

गजल

Unknown | 2:53 PM | 0 comments
दु:खमा साथ हातमा हात राखेर बाँचेको तराइ सँग पहाड मिली हिमाल हाँसेको || पहाड दुख्दा मधेश रुन्छ झारेर आँसु त्यो विपत्ति पर्दा छल्किन्छ मायाँ लुकाई राखेको || बचाउ भन्दै साहारा माग्छ विपती बोकेर बगाई आँसु रुँदै छ देश खोइ आँसु पुछेको || नेपाल आमा दुखेको बेला मल्हम बनेर पार्नु छ निको आमाको घाउ मुटुमा लागेको || देशको सेवा गर्ने छौं भनी कसम खाएर समाई हात अगाडि बढौं पुग्ने छ आँटेको ||
सावित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड हाल-इजरायल
Share this article :

0 comments:

Post a Comment


 
Support : झापा सर्जक सञ्जाल |
Copyright © 2015. झापा सर्जक सञ्जाल - All Rights Reserved .
Template Design by - Krishna Pyasi .
Contact me for more info. on Facebook - Krishna Pyasi .