Showing posts with label मुक्तक. Show all posts
Showing posts with label मुक्तक. Show all posts

३ मुक्तक

Unknown | 10:32 PM | 0 comments
मुक्तक १.
 गरिबको घरमा सधैं घोप्टिएको मानो ,
धरती ओछ्यान खुल्ला आकाश छानो
संविधान बन्ला आश छैन होला हीत हाम्रो ,
कानुन सधैं दु:खीकै गर्धनमा अचानो ।।।

मुक्तक २. 
हुनु पर्ने हामी दूर किन होला?
साँचै छौ नि मजबुर किन होला??
लेख्ने दैव घाती रैछ दियो सधैँ
आँसु मात्रै भरपूर किन होला??

मुक्तक ३. 
देश मेरो उसको सबैको हो साथी ।
हुन्छ यहाँ शान्ती संविधान माथी ।।
देश दुख्दा फुक्ने बाँसुरी चलन छ ।
यस्ता नेताहरु नहुनुनै जाती ।।

♥ निराजन प्रभात लुइँटेल भद्रपुर नगरपालिका १३ हाल दोहा कतार

मुक्तक

Unknown | 3:18 PM | 0 comments
मुक्तक-३ 
नेपाल र नेपालीको आँखा हुन् भानु नेपालीले गाउने गीतको भाका हुन् भानु 
तिमी नभा खै के हुन्थ्यो भाषा नेपालीको सर्बोत्कृष्ट सहजताको नाका हुन् भानु || सावित्रा लुइँटेल घिमिरे झापा बिर्तामोड हाल-इजरायल

मुक्तक

Unknown | 2:58 PM | 0 comments
मुक्तक-२ 
कैले वर कैले पर नजर जुधाएर बेस्सरी पो दुखायौ त अधर जुधाएर 
बैमानी नै रैछौ तिमी दिलमा हरी छैन अचम्म नै गर्यौ आज सफर जुधाएर ||

सावित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड हाल-इजरायल

मुक्तक

Unknown | 2:54 PM | 0 comments
मुक्तक-१ 
मनको पीडा बुजी दिने आफ्नै हुनु पर्छ आँफुलाई एक्लो सम्झे व्यर्थै रुनु पर्छ 
फर्किएर हेर्नु कतै धड्कनलाइ सोध्नु अन्जान बने आँशुले नै मुहार धुनु पर्छ ||

सावित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड हाल-इजरायल

 
Support : झापा सर्जक सञ्जाल |
Copyright © 2015. झापा सर्जक सञ्जाल - All Rights Reserved .
Template Design by - Krishna Pyasi .
Contact me for more info. on Facebook - Krishna Pyasi .