Home » » गजल

गजल

Unknown | 3:41 PM | 0 comments

प्रेमको जाल तिमी तिर, हान्नु गल्ती भो ।
तिमीलाई जिवनसाथी, ठान्नु गल्ती भो ।

मेरी मुटु तिमीलाई , चुनेको थेँ हज्जारौंमा,
लाखौं बिच तिमीलाई, छान्नु गल्ती भो ।

कती थियो माया मेरो, दुत्कारेर छाडी गयौं,
चुम्वन गरी अँगालोमा, बान्नु गल्ती भो ।

पागल भा'छ प्यासी आज, त्यो मनमा मन साट्दा,
त्यो  दिललाई  यो  दिलमा, तान्नु  गल्ती भो ।

सारा नाता तोडी सानु, भन्दै माया गरेको थेँ,
मन भित्रकी प्यारी रानी, मान्नु गल्ती भो ।

♥ कृष्ण प्यासी, राजगढ़, झापा। 
Share this article :

0 comments:

Post a Comment


 
Support : झापा सर्जक सञ्जाल |
Copyright © 2015. झापा सर्जक सञ्जाल - All Rights Reserved .
Template Design by - Krishna Pyasi .
Contact me for more info. on Facebook - Krishna Pyasi .