Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts
गजल
Unknown | 3:41 PM | 0
comments
तिमीलाई जिवनसाथी, ठान्नु गल्ती भो ।
मेरी मुटु तिमीलाई , चुनेको थेँ हज्जारौंमा,
लाखौं बिच तिमीलाई, छान्नु गल्ती भो ।
कती थियो माया मेरो, दुत्कारेर छाडी गयौं,
चुम्वन गरी अँगालोमा, बान्नु गल्ती भो ।
पागल भा'छ प्यासी आज, त्यो मनमा मन साट्दा,
त्यो दिललाई यो दिलमा, तान्नु गल्ती भो ।
सारा नाता तोडी सानु, भन्दै माया गरेको थेँ,
मन भित्रकी प्यारी रानी, मान्नु गल्ती भो ।
♥ कृष्ण प्यासी, राजगढ़, झापा।
Labels:
गजल
गजल
Unknown | 2:53 PM | 0
comments
दु:खमा साथ हातमा हात राखेर बाँचेको
तराइ सँग पहाड मिली हिमाल हाँसेको ||
पहाड दुख्दा मधेश रुन्छ झारेर आँसु त्यो
विपत्ति पर्दा छल्किन्छ मायाँ लुकाई राखेको ||
बचाउ भन्दै साहारा माग्छ विपती बोकेर
बगाई आँसु रुँदै छ देश खोइ आँसु पुछेको ||
नेपाल आमा दुखेको बेला मल्हम बनेर
पार्नु छ निको आमाको घाउ मुटुमा लागेको ||
देशको सेवा गर्ने छौं भनी कसम खाएर
समाई हात अगाडि बढौं पुग्ने छ आँटेको ||
♥ सावित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड हाल-इजरायल
♥ सावित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड हाल-इजरायल
Labels:
गजल
Subscribe to:
Posts (Atom)




