Home » » ३ मुक्तक

३ मुक्तक

Unknown | 10:32 PM | 0 comments
मुक्तक १.
 गरिबको घरमा सधैं घोप्टिएको मानो ,
धरती ओछ्यान खुल्ला आकाश छानो
संविधान बन्ला आश छैन होला हीत हाम्रो ,
कानुन सधैं दु:खीकै गर्धनमा अचानो ।।।

मुक्तक २. 
हुनु पर्ने हामी दूर किन होला?
साँचै छौ नि मजबुर किन होला??
लेख्ने दैव घाती रैछ दियो सधैँ
आँसु मात्रै भरपूर किन होला??

मुक्तक ३. 
देश मेरो उसको सबैको हो साथी ।
हुन्छ यहाँ शान्ती संविधान माथी ।।
देश दुख्दा फुक्ने बाँसुरी चलन छ ।
यस्ता नेताहरु नहुनुनै जाती ।।

♥ निराजन प्रभात लुइँटेल भद्रपुर नगरपालिका १३ हाल दोहा कतार
Share this article :

0 comments:

Post a Comment


 
Support : झापा सर्जक सञ्जाल |
Copyright © 2015. झापा सर्जक सञ्जाल - All Rights Reserved .
Template Design by - Krishna Pyasi .
Contact me for more info. on Facebook - Krishna Pyasi .